आयोगमा विवादास्पद सिफारिस् : बेपत्ता परिवारकी रुबीलाई अन्याय, थापाकी कान्छी श्रीमती सिफारिस् !

आयोगमा विवादास्पद सिफारिस् : बेपत्ता परिवारकी रुबीलाई अन्याय, थापाकी कान्छी श्रीमती सिफारिस् !

काठमाडौं, २३ मंसिर । सुचना आयोगको पदाधिकारी सिफारिस गर्न बसेको समितिको बैठकले पूर्व सचिव महेन्द्रमान गुरुङलाई प्रमुख आयुक्तमा सिफारिस गरेको छ । त्यस्तै सदस्यहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीकी आफन्त समेत रहेकी कमला ओली र दीपक मैनालीलाई सिफारिस गरेपछि नेकपा भित्र विवाद समेत शुरु भएको छ ।


पूर्व एमालेको कोटाबाट ओलीलाई सिफारिस गरिएको छ भने पूर्व माओवादी केन्द्रको कोटाबाट मैनालीलाई सिफारिस गरिएको छ । सुचना आयोगको सदस्य बन्न ७ जना महिला पत्रकारले निवेदन दिएका थिए । तर, उपसभामुख नेतृत्वको सिफारिस समितिले पूर्व मन्त्री समेत रहेका कर्ण बहादुर थापाकी कान्छी श्रीमती कमला ओलीलाई सिफारिस गरेपछि नेकपा भित्र चरम विवाद शुरु भएको छ ।



पूर्व माओवादीकै तर्फबाट सुचना आयोगको सदस्य बन्नका लागि बेपत्ता परिवारकी सदस्य राम कुमारी श्रेष्ठ ‘रुबी’ले निवेदन दिएकी थिइन् ।



२०४८ सालमा कक्षा ६ मा अध्ययन गर्दादेखि नै तत्कालिन मसाल हुँदै माओवादीमा सक्रिय भएकी रुवी भूमिगत कालमा माओवादीले सञ्चालन गरेको गणतन्त्र एफएममा सक्रिय थिइन् ।

सिन्धुपाल्चोकदेखि विभिन्न जिल्लामा क्रियाशिल हुँदै बेथान स्मृती डिभिजन पोष्टको इन्चार्ज समेत रहेकी उनलाई २०६४ सालको संविधान सभाको निर्वाचनमा समानुपातिक सांसद बनाउन सिफरिस गरिएको थियो ।


२०७४ सालमा प्रदेश ३ को समानुपातिक सांसदको लागि सिफारिस भएपनि उनलाई अन्तिममा भने गलहत्याइएको थियो ।


शान्तिकालपछि भने रुबीलाई पार्टीले रेडियो मिर्मिरेमा खटाएको थियो । सगरमाथा टेलिभिजन, हेडलाइन एफएम र इन्सेक हुँदै हाल रेडियो नेपालमा अस्थायी रुपमा कार्यरत उनी १९ वर्षको उमेरमै एकल महिला बन्न पुगेकी थिइन् । उनको श्रीमान युद्धकालदेखि हालसम्म बेपत्ता छन् ।


‘मेरो परिवारबाट ३ जना बेपत्ता हुनुहुन्छ । उपत्यकामा हाम्रो परिवारको धेरै क्षेती भएको हो,’ रुबीले दियोपोष्टसँग भनिन्,‘हाम्रो उच्च कोटीको योगदान छ । महिला नै लैजाँदा हुन्थ्यो भन्ने मेरो कुरा थियो । तर पार्टीले मलाई न्याय गरेन । कसैको बुहारी र गर्लफ्रेन्डलाई लैजाने परम्परा बनेर आएको छ ।’

Trending News