साग फूटबलमा भूटानलाई नेपालले २–१ ले हरायो, नेपाललाई स्वर्ण पदक

साग फूटबलमा भूटानलाई नेपालले २–१ ले हरायो, नेपाललाई स्वर्ण पदक

काठमाडौं । नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो ।

नेपाललाई स्वर्ण दिलाउन अभिषेक रिजाल र सुनिल बलले एक एक गोल गरे ।

खेलको १६ औं मिनेटमा अभिषेकले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

तर, खेलको ५२ औं मिनेटमा सुनिलले गोल गर्दै नेपाललाई स्वर्ण पदक दिलाए ।

यससंगै नेपालले लगातार दोस्रो पटक साग फुटबलमा स्वर्ण पदक जितेको छ ।

भुटानले भने पहिलो पटक साग फुटबलमा रजत पदक जितेको छ ।

Trending News