पुर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन

दियोपोस्ट संवाददाता

काठमाडौं, पुष १० । नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ ।

पूर्वसचिव श्रेष्ठको उपचारका क्रममा बिहीबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।

श्रेष्ठलाई निमोनिया भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । बिहीबार उनको उपचारकै क्रममा निधन भएको हो ।

पाल्पाको रामकोटमा जन्मिएका श्रेष्ठ २०४९ सालमा शाखा अधिकृतको रुपमा निजामति सेवा प्रवेश गरेका थिए ।

सम्बन्धित खबर

सिफारिस