सिन्धुपाल्चोक, १८ मंसिर । भोटेकोसी गाउँपालिको अदालतको आदेशलाई समेत लत्याएको पाइएको छ । गाउपालिकाको भवन निर्माणमा लाई लिएर उच्च अदालत पाटनले दिएको आदेशलाई अबहेलना गर्दै धमाधम भवन बनाउँदै गरेको पाइएको छ ।
भोटेकोसी गाउपालिकाको पालिका भवन निर्माण विवादास्पद ठाउँमा निर्माण थालिएको भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको थियो । उच्च अदालत पाटनले भवन निर्माणलाई यथास्थितिमा राख्नु भन्ने उत्प्रेषणयुक्त परमादेश दिएपनि गाउँपालिकाले अदालतको आदेशलाई अस्विकार गरेको पाइएको छ ।
भोटेकोसी गाउपालिका वडा नम्बर ४ स्थिति हिन्दिमा निर्माण भइरहेको ठाउँ पालिकाको कार्यालय राख्न उपयुक्त नभएको भन्दै वडा अध्यक्ष साङ्दोर्जे शेर्पाले हालेको रिट निवेदन माथी सुनुवाइ गर्दै गत ०७६ चैत्र ५ गते भोटेकोसी गाउपाकिकाको नाममा उत्प्रेषणयुक्त परमादेश जारी गर्दै उच्च अदालत पाटनमा उपस्थित हुन पत्र पठाइएको वडा अध्यक्ष साङ्दोर्जे शेर्पाले बताए ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोकेको स्थान भन्दा फरक ठाउँमा पालिकाको केन्द्र बनाउन नपाउने कानुनी प्रावधान ल्याएपनि गाउँपालिकाले यो कानुनी प्रावधानलाई समेत लत्याएको छ ।
उच्च अदालत पाटनले गत मङ्सिर ११ गते अन्तरीम आदेश जारी गर्दै भोटेकोसी गाउपालिका र सिद्धार्थ कन्ट्रक्सन प्रालिको नाममा आदेश जारी गरेको उच्च अदालत पाटनको आदेशमा भनिएको छ । भोटेकोसी गाउपालिकाको कार्यालय साविक फुल्पिङकट्टी गाविस रहेको स्थानमा हुनुपर्ने भन्ने राजपत्रमै सुचना हुँदा समेत उक्त राजपत्रलाई समेत बेवास्ता गरि गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले राजनीतिक आडा र शक्तिको आडमा अन्यत्रै सारेका थिए ।
गाउँपालिका केन्द्र उपयुक्त स्थानमा नभएको भन्दै स्थानियले आन्दोलन समेत गरेका थिए । अदालतको आदेश विपरित भवन निर्माणको बुझ्न गाउँपालिका अध्यक्ष पौडेलको नम्बरमा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।