काठमाडौं, २१ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिसट पार्टी नेकपाको स्थायी समिति बैठक सकिएको छ । पार्टी कार्यालय धुम्बाराही आयोजित बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने उपस्थित भएनन् ।
उनले बैठकलाई सम्बोधन गर्दै पत्र पठाएका थिए । सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको हातमा उनले पठाएको पत्रमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन बैठकमा छलफल हुन नसक्ने भएका कारण आफु बैठकमा नआएको जनाएका थिए ।
बैठकमा प्रधानमन्त्री ओलीले पठाएको पत्र वाचनपछि दुवै अध्यक्षले पेश गरेको प्रतिवेदन स्थायी समिति सदस्यलाई वितरण गरिएको थियो ।
उनीहरुले उक्त प्रस्ताव अध्ययन गरि ७ दिपछि अर्थात मंसिर २८ गते आयोजित स्थायी समिति बैठकमा आफ्नो धारणा प्रस्तुत गर्नेछन् ।
त्यस्तै स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक सारेको छ । बैठकमा संवोधन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल पचण्डले पार्टी गम्भिर स्थितिमा पुगेको बताएका थिए ।