गणेशमानदेखि किसुनजीसम्मको निष्ठा शिरमा राखेर देउवाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी

diyopost.com
दियो पोस्ट  बिहिबार, मंसिर २३, २०७८ | २३:४५:५१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यसअघि सम्पन्न महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले सफलतापूर्वक ५ वर्षे कार्यकाल पुरा गरिसकेका छन् । उनको कार्यकालमा कांग्रेसले उल्लेखनिय फड्को मारेको छ । २०७४ सालमा सम्पन्न निर्वाचनमा बामगठबन्धन विरुद्ध खडा भएको एक्लो कांग्रेसले लोकप्रीय मतको हिसाबले सबैभन्दा धेरै मत ल्याएको थियो । सत्ता गठबन्धनमा ३ वर्ष सामेल नभएको कांग्रेसलाई विशेष परिस्थितिले फेरी सत्तामा पुर्याएको थियो ।

तत्कालिन बामगठबन्धनको एउटा घटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी र जनता सामाजवादीसहित बहुमत सांसदको समर्थनमा देउवा नै प्रधानमन्त्रीमा नियुक्त भएका थिए । यसअघिको सरकार जस्तो देउवा सरकार त्यति आलोचित समेत बनेको छैन ।

देउवाले आफ्नो चुनावी प्रचारमा गणेशमान सिंहको त्याग, गिरिजाको साहस र किसुनजीको निष्ठा, देउवाले जोगाउँछन् कांग्रेसको निष्ठा भन्ने नारा दिएर यसअघिको नेतृत्वलाई उच्च सम्मान गरेका छन् ।

त्यस्तै आफू नेतृत्वमा आउनुपर्ने आवश्यकता समेत उनको नारामा अटेको छ ।

‘आवश्यकता, अनुभव र परिपक्वता, कांग्रेस सभापतिमा अब एक पटक देउवा’ भन्ने नारा समेत देउवाले अघि सारेका छन् ।

सम्बन्धित खबर