काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले दियोपोस्ट डटकम विरुद्ध फेक न्युज फैल्याउन थालेका छन् । उनको फेसबुकमा सार्वजनिक भएको रातोपाटी डटकममा प्रकाशित समाचारमा आज उच्च अदालत पाटनले दियो मिडिया प्रा.लीलाई नियमन गर्ने बाटो खुला गरिदिएको र प्रेस काउन्सिलको काम, कारबाहीमा तत्काल हस्तक्षेप गर्नुपर्ने आदेश जारी हुनुनपर्ने भन्दै बाटो खुला गरिदिएको उल्लेख छ । तर, आज दियो मिडिया प्रा.लीले दायर गरेको रिटमा अन्तरिम आदेश छलफलका लागि सुनुवाई भएपनि यस्तो आशयको आदेश भने आएको होइन ।
आज न्यायाधीशहरु खडानन्द तिवारी र कृष्णराम कोइरालाको संयुक्त ईजलाशले यसअघि गत पुस १९ गते दिएको आदेश अनुसार प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको नियुक्ती विवादसम्बन्धी मुद्दा ईजलाशमा पेश नभएकाले पेश गरि पुर्ण सुनुवाईका लागि पेश गर्न आदेश दिएको छ । त्यस्तै प्रेस काउन्सिल नेपाल र उक्त संस्थाका अध्यक्ष बस्नेतको लिखित जवाफ समेत परेको देखिएको भन्दै पूर्ण सुनुवाईका लागि नियामानुसार पेश गर्नु भनि आदेश दिएको छ ।
आज पुस २४ गते पेशी भनिएपनि बहस भने भएकै छैन । तर, काउन्सिलले भने आफ्ना वकिलहरुले बहस गरेको आसयको समाचार लेखाएको छ ।
अदालतको म्याद गएपछि यसअघि पनि फैल्याएका थिए झूटो समाचार
गत पुस ८ गते उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणी ज्ञवालीको ईजलाशले पुस १२ गते अन्तरिम आदेश छलफलका लागि प्रेस काउन्सिल नेपाललाई अदालतमा झिकाउने आदेश दिएको थियो । सोही आदेश अनुसार अदालतले गत पुस ९ गते म्याद बुझाएको थियो । म्याद बुझेपछि प्रेस काउन्सिलले दियोपोस्ट डटकमबारे झूटो खबर फैल्याएको थियो ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले सेयर गरेको रातोपाटी डटकममा पुस १२ गते दियोपोस्ट डटकम र हेर्दाहेर्दै डटकमलाई कालोसूचिमा राखिएको भन्दै समाचार लेखाइएको थियो ।
दियोपोस्टले हुँदै नभएको विषयमा व्यक्तिको चरित्र हत्या गरेको, समाचारको नाममा धम्कीपूर्ण व्यवहार गरेको, बार्गेनिङ गरेको जस्ता झूटो आरोप लगाउँदै समाचार प्रकाशन भएको थियो ।
जबकी प्रेस काउन्सिल नेपालले गत मंसिर २८ गते दियोपोस्टलाई कालोसूचिमा राखेको जानकारी गराउँदै पठाएको पत्रमा भने सुकुटे विचका साहु महेन्द्र थापाको समाचार लेखेको र ३ वर्षअघि प्रकाशित बालकृष्ण बस्नेतको समाचार नहटाएकाले कालोसूचिमा राखिएको जानकारी दिएको छ । आफ्नै पत्रलाई समेत खण्डन हुने गरि प्रेस काउन्सिल नेपालल पछिल्लो समय दियोपोस्टलाई प्रतिशोधपूर्ण व्यवहार देखाउँदै आएको छ ।