गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट

दियोपोस्ट संवाददाता  

गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छिन्। उनले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् ।

राईले गुरुङ थरका युवकसँग इन्गेजमेन्ट गरेको र शुक्रबार उनीहरुले विवाह गर्न लागेको बताइएको छ।

सामाजिक सञ्जालमा राईले इन्गेजमेन्ट गरेको भिडियो तथा तस्बिरहरू हाल्दै उनका शुभचिन्तकहरूले उनीहरुले शुभकामना दिइरहेका छन्।

मेलिनाले ध्रुव गुरूङसँग इन्गेजमेन्ट गरेकी हुन्। यी दुईको विवाह शुक्रबार हुँदैछ।

काठमाडौं गोकणेश्वरको एक रिसोर्टमा विवाह समारोह राखिएको छ। परिवार, आफन्त र सीमित साथीभाइको उपस्थितिमा विवाह हुन लागेको बुझिएको छ। युट्युबमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु’ सहित मेलिनाले स्वर दिएका दर्जनौं गीत सुपरहिट छन्।