सुनिल गिरीको नयाँ गीत सोल्टिनी बजारमा ( भिडियाेसहित )

दियो पोस्ट  

काठमाडौँ, माघ ३ । गायक सुनिल गिरीको नयाँ गीत सोल्टिनी सार्वजनिक भएको छ ।

को होला ३ सफलतापछि शुक्रबार सुनिल गिरीको आफ्नै युट्युब च्यानलमार्फत यस गीत सार्वजनिक गरिएको हो । गायनमा गिरीलाई गायिका अपेक्षा गिरीले साथ दिएकी छन् । गीतको शब्द तथा संगीत पनि गिरी स्वयंकै रहेको छ ।

गीतको म्युजिक भिडियोमा पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय रहेको छ । गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।

भिडियाे हेर्नुहाेस