मणिकर्णिका टिमलाई धम्की

Diyo post  

मुम्बई, माघ ६ । २०१८ मा ‘पद्मावती’ फिल्मको देशभर विरोध गरिसकेका करणी सेनाले कंगना रनावटको फिल्म ‘मणिकर्णिका’को पनि विरुद्ध गरेका छन् । रिलिजभन्दा पहिले करणी सेनालाई फिल्म नदेखाएमा फिल्म हलमा तोडफोड गर्ने धम्की दिएका छन् ।

सोको जवाफ दिँदै कंगनाले फिल्म प्रदर्शनीमा कुनै हंगामा नचाहेको बताएकी छन् । यदि सेनाले यस्तो गर्ने कोसिस गरे परिणाम राम्रो नहुने पनि उनको अभिव्यक्ति छ ।

फिल्म ‘मणिकर्णिका’मा रानी लक्ष्मीबाई र ब्रिटिस अफिसरको बीचको प्रेम प्रसंग उल्लेख गरेकोमा विरोध भएको हो ।

तर फिल्म निर्माताले यो कुरा सत्य नभएको पहिले नै जानकारी गराइसकेको छ । कंगना भन्छिन्, ‘म करणी सेनाको सामना गर्न तयार छु ।’ उनले चार इतिहासकारले मणिकर्णिकालाई प्रमाणित गरिसकेको बताइन् ।आइतबारको अन्नपुर्णपोष्टमा खबर छ ।

सम्बन्धित खबर