प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल बेरुजु फर्छौटमा उत्कृष्ठ, १० हजार नगदसहित पुरस्कृत !

दियो पोस्ट  

काठमाडौँ । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आईजीपी खनाललाई गृहमन्त्रालयमा आज आयोजित एक कार्यक्रमकाबीच १० हजार नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

आर्थिक वर्ष २०७५/०७६ मा नेपाल प्रहरीको बेरुजु ८८.५ प्रतिशत फछ्र्यौट भएको गृह मन्त्रालयले जनाएको छ । यसअघि आर्थिक वर्ष २०७४/०७५ पनि नेपाल प्रहरी बेरुजु फछ्र्यौटमा उत्कृष्ट घोषित भएको थियो ।