दियोपोस्ट संवाददाता,
अष्ट्रेलिया, १९ पुस । सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका दुई जना नेपाली नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको ज्वालामुखि गाउँपालिका चैनपुर घर भएका रोशन छत्कुली र चितवनका विशाल सेँडाइँ रहेका छन् ।
शुक्रबार साँझ पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको हो।
पौडी खेल्ने क्रममा विरामी परेका प्रदीप पाण्डेको भने हेलिकोप्टरमा उद्दार पछि अस्पतालमा भर्ना गरिएको छ ।