ईरानी जनताका ‘हिरो’ सुलेमानीको पछाडी किन लागेको थियो अमेरिका ? को हुन् सुलेमानी ?

दियो पोस्ट  

बिबिसी । ईरानका सैनिक कमाण्डर जनरल कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा मृत्यु भएपछि विश्व राजनीतिमा यतिबेला नयाँ हलचल मच्चिएको छ । कतै यो घटनाले कुनै ठूलो राजनीतिक दूर्घटना त हुने होइन भन्ने गम्भिर चिन्ता पनि छ ।


अमेरिकाको लागि उनको मृत्यु निकै ठूलो कुरा थियो । उनको मृत्युपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय झण्डा ट्वीट गरे– अर्थात यस घटना एक प्रकारले ट्रम्प प्रशासन र अमेरिकाका लागि राष्ट्रिय गौरवको विषय थियो ।


ठीक त्यस्तै इरानको पनि थियो । इरानका राष्ट्रपनि हसन रुहानीले भनेका छन्,–हामी यसको बदला लिएर छाड्ने छौँ ।’


अमेरिकाले जनरल कासिम सुलेमानीालई किन हत्या गर्यो ? इरानी जनरल अमेरिकाका लागि किन यति ठूलो चुनौती थिए ? आखिर उनी को थिए भन्ने सवाल यतिबेला उठ्न थालेको छ ।


ईरानका दोस्रो शक्तिशाली व्यक्ति
ईरानको पावर स्ट्रक्चर जनरल कासिम सुलेमानेको कद निकै उचो थियो । ईरानका सर्वोच्च धार्मिक नेता आयातोल्लाह अलि खामेनी पश्चात यदि ईरानमा कोही शक्ति शाली व्यक्ति थिए भने उनी जनरल सुलेमानी थिए ।


जनरल सुलेमानी कुद्स फोर्स नामक एक सैन्य टुकडीका प्रमुख थिए । यो टुकडी आफ्नो संगठन मध्य पूर्व भर विस्तार गरेको थियो । विभिन्न सत्तालाई समर्थन र विरोध गर्ने कार्य यसले गरेको थियो । इरानमा यस्तो पनि भनिन्थ्यो की विदेश मन्त्री पनि थिए तर असली विदेश मन्त्रीको भूमिकामा उनै सुलेमानीले निभाउँथे । गत वर्ष जब सिरियाली राष्ट्रपति बशर अल– असदको विरुद्धमा विद्रोह भयो । उक्त विद्रोह दबाउन असललाई मद्दत गर्ने असल व्यक्ति थिए सुलेमानी । यस्तै इराकमा जब स्लामिक स्टेट बलियो हुन थाल्यो । त्यसलाई परास्त गर्न पनि सुलेमानीको भूमिका अहम थियो । उनले इराकमा इरान समर्थक अर्ध सैनिक बललाई मजबुद तरिकाले स्थापना गरे ।


ईरानका हिरो


जनरल सुलेमानी लामो समय पर्दा पछाडी नै रहेर अभियानको अगुवाई गर्दै आए । केही वर्ष अघि मात्रै उनी खुलेर अमेरिकाको विरोधमा आए । त्यसपश्चात उनको लोप्रीयता इरानभर चुलियो । उनीबारे लेख लेखिए, बृत्तचित्र बने र यहाँसम्मकी उनीबारे पप गीत पनि बन्यो ।


अमेरिकी खुफिया एजेन्सी सिआइका पूर्व अधिकारी जोन म्यागयरले ६ वर्षअघि न्युओर्करसँग भनेका थिए,‘जनरल सुलेमानी मध्यपूर्वमा अभियान चलाउने सबैभन्दा शक्तिशाली व्यक्ति हुन् ।’


कमाण्डरअघिको जीवन


इरानको दक्षिण–पश्चिम प्रान्त किरमानस्थित एक गरीव परिवारमा जन्मेका सुलेमानी १३ वर्षको उमेरमै आफ्नो परिवारको भरण पोषणको जिम्मेवारीमा थिए । उनले बाल्यकालमा उचित शिक्षा समेत पाएनन् ।


फरेन पोलिसि पत्रिकाको अनुसार सुलेमानी १९७९ मा इरानको सेनामा भर्ना भएका थिए । ६ हप्ताको तालिमपश्चात उनी पश्चिम अजरबैजानमा एक संघर्षमा सामेल भएका थिए । ईरान–ईराक युद्धको दौरान उनी सिमामा आफ्नो नेतृत्वमा लडेका थिए । जसका कारण उनी राष्ट्रिय हिरो बन्न पुगेका थिए । उनी हेर्दा हेर्दै इरानका सर्वोच्च धार्मिक नेता आयातोल्लाह अलि खामेनीको नजिक पुगे । सुलेमानीले यराक र सिरियामा इस्लामिक स्टेटको मुकाबला गर्न कुर्द लडाकु र शिया मिलिशियालाई एकजुट गराएका थिए ।


अमेरिकालाई मन्थे प्रधान दुश्मन !

सुलेमानीले अमेरिकालाई एक भयानक दुश्मन मान्थे गर्थे । अमेरिकाले कुद्स फोर्सलाई २५ अक्टोबर २००७ मै आतंकवादी संगठन घोषित गरेको थियो । यस संगठनसँग कुनैपनि अमेरिकनले लेनदेन गर्न समेत प्रतिबन्ध लगाइएको थियो । इराकी राष्ट्रपति सद्दाम हुसेनको साम्राज्य पतनपश्चात सन् २००५ मा इराकको नयाँ सरकार गठनपश्चात प्रधानमन्त्री इब्राहिम अल–जाफरी र नुरी अल–मालिकीको कार्यकाल दौरान सुलेमानीले इराकमा प्रभाव बढाएका थिए ।

उसै दौरान इराकमा शिया समर्थित बद्र गुटलाई सरकाले हिस्सा बनाएको थियो । बद्र संगठनलाई इराकमा सबैभन्दा पुरानो पृथकतावादी संगठन बताइन्छ । सन् २०११ मा जब सिरियामा गृहयुद्ध भयो । सुलेमानीले यीनै इराकी फोर्सलाई असद सरकारलाई मद्दत गर्न आह्वान गरे । जबकी अमेरिका भने बशर अल–असदको सरकारलाई जरैदेखि उखेल्न चाहान्थ्यो । ईरानमाथि अमेरिकी प्रतिबन्ध साउदी अरब, इजराइलको तर्फबाट थियो भन्ने कुरा कसैबाट छिपेको छैन ।


यति धेरै अन्तर्राष्ट्रिय दबावका बीच आफ्नो देशको प्रभाव बढाउन जनरल सुलेमानीको निकै अहम भूमिका थियो । यही कारण अमेरिकी, साउदी अरब र इजराइलको नजरमा उनी परेका थिए । अमेरिकाले त उनलाई आतंकवादी समेत घोषित गरेको थियो ।


अमेरिकाको निशाना
२३ अक्टोबर २०१८ मा साउदी अरब र बहराइनले इरानको रिभोल्युस्नरी गार्डसलाई आतंकवादी र यसको कुद्स फोर्सका प्रमुख कासिम सुलेमानीलाई आतंकवादी घोषणा गरेको थियो । त्यसपश्चात नै जनरल सुलेमानी अमेरिकाको निशानामा परेका थिए । ३ जनवरीमा जब बग्दादस्थित विमानस्थलमा उनको दुई कारमाथि ड्रोन आक्रमण भयो ।

त्यतिबेला उनी जोसँग यात्रामा थिए । उनीसँगै कताइब हिज्बुल्लाहका नेता अबु महदी अल–महादिस पनि थिए । सन् २००९ देखि अमेरिकाले उनको संगठनलाई आतंकवादी घोषणा गरेको थियो । महादिसलाई विश्वकै आतंकवादी करार गरिएको थियो । जनरल सुलेमानीसँगै उनको पनि निधन भइसकेको छ ।