१८० जना यात्रु सवार विमान इरानमा दुर्घटनाग्रस्त, मिसाइल हमलाको आशंका !

दियो पोस्ट  

एजेन्सी । युक्रेनको एक यात्रुवाहक विमान दुर्घटना ग्रस्त भएको छ । विमानमा १८० जना यात्रु सवार रहेका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनको इन्टरनेश्नल एयरलाइन्सको बोइङ ७३७ को बिमान इरानको इमाम खामेनेइ विमानस्थल तेहरानमा दुर्घटनाग्रस्त भएको हो । इरानी सञ्चार माध्यमले प्राविधिक समस्याले गर्दा दुर्घटना भएको बताएको छ ।

विमान युक्रेनी राजधानी तर्फ जाँदै थियो । इरानकै केही सञ्चार माध्यमले भने मिसाइल हमलाको आशंका गरेका छन् ।