एजेन्सी । युक्रेनको एक यात्रुवाहक विमान ईरानको विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै यात्रुको मृत्यु भएको छ ।
ईरान स्थित सरकारी टेलिभिजनलाई उदृत गर्दै रोयटर्सले जनाए अनुसार विमानमा १७६ यात्रु सहित क्र्यु मेम्बरको समेत मृत्यु भएको छ ।
युक्रेनको इन्टरनेश्नल एयरलाइन्सको बोइङ ७३७ को बिमान इरानको इमाम खामेनेइ विमानस्थल तेहरानमा दुर्घटनाग्रस्त थियो ।
‘आगो निकै ठूलो लागेको थियो हामीले उद्दार गर्न सकेनौँ । हामीसँग २२ वटा एम्बुलेन्स, चार वटा बस एम्बुलेन्स र हेलिकोप्टर थियो,’ आपतकालिन सेवाका प्रमुख पिरहोसिन कौलिबन्दको भनाई उदृत गर्दै सरकारी टेलिभिजनले उल्लेख गरेको छ । तीन वर्ष अघि मात्रै खरिद गरिएको उक्त विमान दुर्घटनाग्रस्त भएको हो । यद्धपी हालसम्म पनि एयरलाइन्स कम्पनि सम्पर्कमा छैन ।