एनआरएनए मलेशियाका अध्यक्ष भट्टराईले श्रमिक कल्याणकारी कोषलाई नक्कली चेक दिएको खुलाशा !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता

मलेशिया, २७ पुस । गत भदौ ६ गते गैर आवाशीय नेपाली संघको सर्वसम्मत अध्यक्ष बनेका हरि भट्टराईले सोहिदिन एउता चेक दिएका थिए । एनआरएनए मलेशियाले बनाएको श्रमिक कल्याणकारी कोषमा भट्टराईले ५० हजार रिंगेट अर्थात १३ लाख नेपाली रुपैयाँ दिएको ठूलो चेक सार्वजनिक भएको थियो ।

उनले मजदुरको पक्षमा काम गर्छु भनेकै आधारमा उनलाई एनआरएनए मलेशियाको छैटौँ अधिवेशनले अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको थियो । तर, ५ महिना बितिसक्दा पनि उनले दिएको चेकबाट श्रमिक कल्याणकारी कोषमा रकम जम्मा नभएको खुलाशा भएको छ ।


कल्याणकारी कोष निकट स्रोतका अनुसार भट्टराईले नक्कली चेक दिएर मलेशिया स्थित नेपालीहरुलाई रणभूल्लमा पारिदिएका छन् । ‘उहाँले एनआरएनए मलेशियाको नाममा रहेको एकाउन्टबाट जम्मा हुनेगरी चेक त दिनु भयो तर कल्याणकारी कोषमा हालसम्म पचास हजार रिङ्गेटको चेकबाट एक पैसा पनि जम्मा भएको छैन,’ कोषका एक अधिकारीले दियोपोस्टसँग भने,‘मलेशिया स्थित नेपालीहरुलाई उहाँले बेवकुफ बनाउनु भयो ।’



त्यसो त भट्टराई आफै मेनपावर सञ्चालक हुन् । उनीद्वारा सञ्चालित मेनपावरबाट समेत दर्जनौँ नेपाली ठगिएका छन् । कुनै समय नेपाल मलेशिया वैदेशिक रोजगार समन्वय समितिका संयोजक समेत रहेका भट्टराईले गैरआवाशिय नेपाली संघको आवरणमा अहिले पनि दर्जनौँ नेपालीलाई बिचल्ली बनाइरहेको स्रोत बचाउँछ ।


एनआरएनए मलेशियाका एक अधिकारीका अनुसार सन् २०१९ डिसेम्बर २८ मा एनआरएनए कार्यसमितिको बैठकले कल्याण्कारी कोषमा रकम जम्मा गर्न आदेश दिएको थियो । तर हालसम्म पनि उनले रकम जम्मा भने गरेका छैनन् ।


‘नक्कली चेक दिएको भन्ने हाम्रो बुझाइ हो,’ एक अधिकारी भन्छन्,‘यदि सक्कली भए यतिबेला सम्म रकम जम्मा भइसकेको हुन्थ्यो ।’


यस विषयमा प्रतिक्रिया लिन भट्टराईको नम्बरमा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।