वालिकालाई चिर्पटले हानेर हत्या गर्ने विष्णु लामालाई बौद्ध प्रहरीद्वारा गोली प्रहार !

दियो पोस्ट  

काठमाडौं, २७ पुस । महानगरीय प्रहरी बृत बौद्धबाट खटिएको प्रहरी टोलीले एक अभियुक्त माथि गोली प्रहार गरेको छ । सिन्धुपाल्चोक घर भएका विष्णु लामालाई प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको हो ।


ज्यान मार्ने उद्योग गरेको अभियोगमा फरार रहेका तामाङलाई बाँया खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो ।

महानगरीय प्रहरी बृत्त बौद्धका डिएसपी रमेश बहादुर सिंहको नेतृत्वको प्रहरीले उनलाई बौद्ध स्थित जम्बु डाँडामा गोली प्रहार गरेको हो ।
उनीमाथि १७ महिने वालिकालाई चिर्पटले हानेर हत्या गरेको अभियोग लागेको थियो ।