चर्चित टेलिभिजन प्रस्तोता भूषण दाहालले गरे कान्तिपुर टेलिभिजन छाडेको घोषणा !

दियो पोस्ट  

काठमाडौं, १ माघ । चर्चित टेलिभिजन प्रस्तोता तथा कान्तिपुर टेलिभिजनका सहायक महाप्रबन्धक भूषण दाहाल कान्तिपुर टेलिभिजनबाट बाहिरिएका छन् ।


निजी क्षेत्रको चर्चित सञ्चारमाध्यम कान्तिपुर टलिभिजनमा कार्यक्रम फायर साइडका प्रस्तोता रहेका दाहालले टेलिभिजनबाट बाहिरिएको औपचारिक घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरबाट उनले यस्तो सन्देश दिएका हुन् । उनले २०७६ पुस २४ गते राजीनामा दिएको भएपनि आज माघ १ गते मात्रै ट्वीट गरेका छन् ।

स्रोतका अनुसार दाहाललाई उक्त टेलिभिजनमा काम गर्ने वातावरण नभएपछि उनी दिक्क बनेका थिए । सोमबार प्रकाशित एक साप्ताहिले दाहाल दिक्क भएर टेलिभिजन छाडेको उल्लेख गरेको थियो ।


विगत १६ वर्षदेखि उक्त टेलिभिजनमा कार्यरत दाहालले टलिभिजनबाट बाहिरिनुलाई विभिन्न अर्थमा टिप्पणी गरिएको छ ।