धादिङको सल्यानटारमा रंगशाला बन्ने, २९ रोपनी जग्गा दिने मन्त्रिपरिषदको निर्णय !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता,


धादिङ, २ माघ । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका सल्यान्टारमा रंगशाला बन्ने भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं– २ असिन फाँटको २९ रोपनी ९ आना १ पैसा १२ दाम जग्गा सल्यानटारमा रङ्गशाला निर्माण गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।


विहिबार सुचना प्रविधि तथा सञ्चारमन्त्री सरकारका प्रवक्ता गोकुल बास्कोटाले रंगशाला निर्माणका लागि जग्गा छुट्याउने निर्णय गरेको जानकारी दिएका हुन् ।


भौगोलिक हिसाबले निकै समथर भूभाग रहेको सल्यान्टारमा विमानस्थल बनाउन समेत संम्भाव्यता अध्ययन भएको थियो ।


मन्त्रीपरिषद बैठकले धादिङकै गल्छी गाउँपालिका वडा नं– ६ को १० आना जग्गावडा नं– ६ को वडा कार्यालय भवन निर्माणका लागि छुट्याएको छ।