अग्नि सापकोटालाई सभामुख बनाउन नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्ड सहमत !

दियोपोस्ट संवाददाता

काठमाडौँ, ५ पुस । नेकपाले करिब चार महिनाको रस्साकस्सीपछि नयाँ सभामुखको नाम टुङ्गोमा पुर्याएको छ । नेकपाका नेता अग्नि सापकोटालाई सभामुख बनाउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् ।

ओली र दाहालले पूर्व माओवादीका तर्फबाट नेता अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउन आइतबार बिहान सहमत भएको स्रोतको दाबी छ । यद्धपी आधिकारिक पुष्टि भने भइसकेको छैन ।
सापकोटाको नाम केन्द्रीय समितिको बैठकबाट अनुमोदन गराउन केही बेरमा केन्द्रीय समितिको बैठक समेत बोलाइएको छ ।

सम्बन्धित खबर