राजेन्द्र बुढाथोकीको नौलो गीत ‘टाला-टुली बटुली’ सार्वजनिक, भिडियोमा बले र अन्जली !

दियो पोस्ट  

काठमाण्डौं । उदयीमान गायक राजेन्द्र बुढाथोकीको स्वरमा सजिएको नयाँ र फरक शैलीको ‘टाला-टुली बटुली’ बोलको गीत र त्यसको भिडियो सार्बजनिक भएको छ ।

लोक राज अधिकारीको सब्द तथा अर्जुन पोख्रेलको संगीत रहेको उक्त गीतको एरेञ्ज मोहित मुनालले गरेका छन् ।

छोटो समयमा नै धेरै चर्चा कमाउन सफल गीतको भिडियोमा चर्चित मोडल तथा नायक सागर लम्शाल बले र सफल मोडल अन्जली अधिकारीको उत्कृष्ठ अʼभिनय देख्न सकिन्छ ।

गीतको म्युजिक भिडियोमा सान थापाले निर्देशन गरेका छनु भने राजिभ समरले कोरोयोग्राफ गरेका छन् । उक्त गीतको म्युजिक भिडियोलाई अर्जुन तिवारी र उनको टिमले छायांकन गरेको थियो ।

शिलन लम्शालको सम्पादन रहेको उक्त म्युजिक भिडियोलाई सार्बजनिक भएको केहि समयमै धेरैले धेरै दर्शकहरुले हेरी सकेका छन् । सरल शब्द र उत्कृष्ठ संगीत संयोजवनका कारण गीत र म्यू्ुजिक भिडियो सबैले मन पराएका छन ।

गायक बुढाथोकीले आफु टालाटुली बटुली मार्फत पहिलो पटक नेपाली सांगितिक दुनियाँमा हाम फालेको बताएका छन् । गीत गाउने आफ्नो बाल्यकाल देखिको रहर भएकोे र त्यो रहर टालाटुली बटुलीले केही हदसम्म पुरा गरेको भन्दै गित रेकर्ड देखि भिडियो सुटिङ सम्म आफुलाई सहयोग गर्ने सम्पुर्ण टिमलाई उनले धन्यबाद दिए ।