रवी लामिछानेलाई चितवन जिल्ला अदालतले दियो सफाई, यस्तो छ अदालतको रकेर्डमा !

दियो पोस्ट  

चितवन, ५ माघ । जिल्ला अदालत चितवनले न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सफाइ दिएको छ । न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई सहित युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई प्रमाण नपुग्ने भन्दै सफाइ दिएको हो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा उनी विरुद्ध मुद्दा दायर भएको थियो।
आत्महत्या दुरुत्साहन मुद्दामा लामिछाने पत्रकार युवराज काडेल र रुकु भनिने अस्मिता कार्कीलाई पुडासैनीका आफन्त बासु प्रसाद पुडासैनीले जाहेरी मुद्दा हालेका थिए ।

पुडासैनीले लामिछाने र कडेलको मानसिक यातनाले गर्दा आफूले आत्महत्या गरेको मर्न अघि रेकर्ड गरेको भिडियोमा उल्लेख थियो । अभियोग कैफियतमा अभियोग नपुगेका कारण सफाई दिइएको उल्लेख छ ।