दीपक मनाङ्गेलाई फेरी पक्राउ गर्ने बाटो खुल्ला, कास्की प्रहरीमा जाहेरी दर्ता !

दियोपोस्ट संवाददाता

कास्की, ०८ माघ । गुण्डा नाइकेको रुपमा चिनिएका नेकपाका गण्डकी प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङ्गे विरुद्ध कास्की प्रहरीमा जाहेरी दर्ता भएको छ ।


उनीविरुद्ध एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेका हुन् ।

बुधबार गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनको विषयलाई लिएर सांसद मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि मन्चमै हातपात गरेका थिए ।

सम्बन्धित खबर