
पोखरा । सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे पक्राउ परेका छन् । गण्डकी प्रदेशसभाका सदस्य गुरुङलाई आज जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी जारी गरी गुरुङलाई आज पोखराबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।
उनलाई लेकसाइडबाट पक्राउ गरिएको हो ।