काठमाडौँ, माघ १३ । नवनियुक्त सभामुख अग्नि प्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति निवास शीतलनिवासमा एक समारोहकाबिच राष्ट्रपति भण्डारीबाट सभामुख सापकोटाले सपथ ग्रहण गरेका हुन् ।
आइतबार संसद सचिवालयको वैठकले सापकोटालाई सभामुख पदमा निर्विरोध निर्वाचित गरेको हो ।
उनिबिरुद्ध कुनैपनि उम्मेदवारी नपरेको कारण सापकोटा निर्विरोध सभामुख पदमा निर्वाचित भएका थिए।
संसदका ज्येष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् ।
शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए।