के हो त ‘सिनेमा घर गोल्ड’?

दियो पोस्ट  

काठमाडौ १९ पुस । ‘सिनेमा घर गोल्ड’ एन्ड्रोइड टिभी, एन्ड्रोइड तथा आइओएस सिस्टमका मोबाइल र ट्याब्लेटलगायतका स्मार्ट डिभाइसमा डाउनलोड गरी हेर्न सकिने एप हो।

क्रोमकास्ट प्रविधिकको प्रयोग गरी मोबाइल फोनबाट क्रोमकास्ट सपोर्ट गर्ने विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिन्छ। संसारका जुनसुकै स्थानबाट ‘सिनेमा घर गोल्ड’ को ग्राहक बन्न सकिन्छ।

यसको एक बर्षको सब्सकृप्सन ५०० मात्र रहेको छ यो निकै सस्तो सब्सकृप्सन हो । यसमा हरेक महिनामा नयाँ नयाँ कन्टेन्ट थप्दै जाने छन ।

यो एपमा फिल्ममा साथै सर्ट फिल्म, स्ट्याण्डअप कमेडी तथा वेब सिरिजहरु पनि हेर्न पाइने छ गत शुक्रबारबाट डमरुको डण्डीवियो, कोहलपुर एक्सप्रेस, सरौतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र हेर्न पाइनेछ।
‘सिनेमाघर गोल्ड’का चेयरमेन निर्माता, निर्देशक तथा अभिनेता खगेन्द्र लामिछाने हुन् ।

सिफारिस