कृष्ण लिलाको छायांकन सकियो

कृष्ण लिलाको छायांकन सकियो

काठमाठौ २० पुस । अभिनेता पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र कृष्ण लीलाको छायांकन सकिएको छ । उक्त चलचित्र छायांकनका लागि ४० दिन लागेको निर्माण पक्षले जानकारी दिएको छ ।

आरआर फिल्मस्को ब्यानरमा निर्माण चलचित्र प्रेम कथामा आधारित हुनेछ । अभिनेता खड्काले कृष्ण लीलामा दर्शकले आफूलाई अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने बताए ।

दिपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको कृष्णलिलाको निर्माता प्रकाश कार्की र केवल तामाङ् हुन् ।

पूर्वी नेपालको ईलाम पाँचथर झापाका विभिन्न ठाउँहरुमा चलचित्रको छायांकन गरिएको छ । चलचित्रमा बुद्धि तामाङ्ग , रविन्द झा , नवीन रेग्मी , हिउवाला गौतम , भावना गुरुङ लगायत कलाकारहरुको अभिनय रहने छ ।
यो चलचित्र २०७८ मा प्रदर्शन गरिने निर्माण टिमले जानकारी दिएको छ ।

Trending News