फागुन २ बाट फ्लोरमा ‘गोर्खा वारियर’

फागुन २ बाट फ्लोरमा ‘गोर्खा वारियर’

काठमाडौं २१ पुस । मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्र ‘गोर्खा वारियर’ आउदो फागुन २ गतेबाट फ्लोरमा जाने भएको छ ।

कोरोना महामारीका कारण छायांकन रोकिएको फिल्म् अब फ्लोरमा जान तयार भएको छ । विर गोर्खालीका कथामा बन्ने चलचित्रलाई प्रदिप भारद्धाजले लेखेका हुन् ।

चलचित्र आई प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, विजय लामा, वुद्दि तामाङ, माओत्से गुरुङ, रुपा पुन, कविता आलो र केही हलिउड कलाकारको अभिनय रहने निर्देशक चाम्सले बताए ।

साथमा, यो फिल्ममा नयाँ अनुहारको रुपमा रितेश चाम्सलाई देख्न पाइनेछ । चलचित्रमा ५० प्रतिशत हलिउड प्राविधिकले काम गर्ने छन् ।

Trending News