काठमाडौं ४ माघ । प्रकाश सपूत डेव्यु सिनेमा ‘परदेशी २’को छायांकन अन्तिम चरणमा छ ।
नारायण रायमाझीको निर्देशनमा निमार्ण भैरहेको सिनेमाको केही गीत र विदेशमा खिच्नु पर्ने दृश्य मात्रै बाँकी छ । निर्माण टिम सिनेमाको अमेरिकामा छायांकन गर्ने तयारी गरिरहेको छ ।
प्रकाश सपुत, बर्षा सिवाकोटी र केकी अधिकारी अभिनित सिनेमाको हालसम्म ९० प्रतिशत छायाँकन सकिएको छ ।
सिनेमामा दीलिप रायमाझी र प्रशान्त तामाङको विशेष भुमिका रहनेछ । परदेशी २ मा नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायत कलाकारको अभिनय रहनेछ ।
‘परदेशी २’ सुपरहिट सिनेमा ‘परदेशी’को सिक्वेल हो । निर्माण टिमका अनुसार सिनेमामा दशैंको कथा समेटिएका कारण त्यसकै आसपासमा रिलिज हुनेछ । श्रोतका अनुसार परदेशी २ को केहीदिन प्रदर्शन मिति फाइनल गरिदैछ ।