माधव वाग्ले ‘हिमानी’ निर्देशन गर्दै

माधव वाग्ले ‘हिमानी’ निर्देशन गर्दै

काठमाडौ ६ माघ । सफल निर्देशकको रुपमा रहेका निर्देशक माधव वाग्लेले चलचित्र हिमानी निर्देशन गर्नै भएका छन् । चलचित्र ‘लुट’ निर्माण गरेर निर्माताको रुपमा सफलता हात पारेका माधव वाग्ले चलचित्र ‘पारस’ निर्देशन गर्न कस्सिए ।

चलचित्र ‘पारस’ छाडेका माधव अब नयाँ चलचित्र निर्देशनको तयारीमा छन् । उनले, निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘हिमानी’ राखिएको छ ।

विकास बोर्डमा नाम दर्ता भैसकेको यो चलचित्रको छायांकन चैत्रबाट सुरु गरिने माधवले बताए । उनले भने–‘यो महिला केन्द्रित चलचित्र हो । यसमा प्रेम, रोमान्स र सस्पेन्स सबै समावेश हुन्छ ।’

Trending News