यूट्युबमा ‘छ माया छपक्कै’

यूट्युबमा ‘छ माया छपक्कै’

काठमाडौ ७ माघ । दीपेन्द्र लामा निर्देशित चलचित्र ‘छ माया छपक्कै’ यूट्युबमा सार्वजनिक गरिएको छ ।

आमा अग्नी कुमारी मिडियाबाट सार्वजनिक भएको चलचित्रले बक्सअफिसमा १४ करोड ग्रस कलेक्सन गरेको थियो ।

यूट्युब रिलिजको ८ घण्टामा ३५ हजार भन्दा बढि भ्यूज पाएको चलचित्रलाई २ हजार लाइक्स र डेढ सय बढी कमेन्ट प्राप्त छ ।

राजनीतिक पृष्ठभूमिसँग जोडेर प्रेम र हास्य रस पस्किएको चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शरदा गिरी, विष्णु सापकोटा, अनुराग कुँवर, स्व। दीपक क्षेत्रीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

गत वर्ष प्रदर्शन गरिएको उक्त चलचित्रले दर्शकको माया पाएको थियो ।

Trending News