लामो समय पछि ‘सत्यम्’ बाट राजेश हमाल चलचित्रमा

लामो समय पछि ‘सत्यम्’ बाट राजेश हमाल चलचित्रमा

काठमाडौ ७ माघ । विगत् लामो समय देखि चलचित्रमा नदेखिएका महानायक राजेश हमालले चलचित्र साइन गरेका छन् । यसो त राजेश हमाललाई दर्शकले म्युजिक भिडियोमा भने देखिरहेका थिए ।

शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्रमा हमालको भूमिका शक्तिशाली रहेको जानकारी प्राप्त छ ।चलचित्रमा ‘ह्यान्डसम भिलेन’ को रुपमा परिचित अनुप विक्रम शाही पनि अनुबन्ध भएका छन् ।

चलचित्रमा उनी भिलेनको रुपमा प्रस्तुत हुनेछन् । चलचित्रका लागि अहिले दुवैले आफ्नो लुक्स परिवर्तनमा मेहनत गरिरहेका छन् ।

चलचित्रमा अहिलेका एक चल्तीका नायक नायिका पनि लिने निर्माण टिमको तयारी छ । बाँकी कलाकार भने अडिसनबाट छानिनेछ । हमाल स्क्रिप्ट र आफ्नो भूमिका चित्त बुझेपछि ४ वर्षपछि चलचित्रमा फर्किने निर्णय गरेका हुन् ।

Trending News