नुवाकोटकी ट्रान्सजेन्डर मोडल अञ्जली लामा हलिउड चलचित्रमा

नुवाकोटकी ट्रान्सजेन्डर मोडल अञ्जली लामा हलिउड चलचित्रमा

काठमाडौ १४ माघ । ‘सेयरिङ ए राइड’ नामक हलिउड चलचित्रमा नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड चलचित्रमा काम गर्ने भएकी छन् ।

लीना यादवले निर्देशन गर्ने फिल्ममा उनीसँगै बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिसको पनि अभिनय रहनेछ ।

सबै महिला कलाकारलाई चलचित्रमा समावेश गर्दै विश्वका विभिन्न देशका ६ जना महिला निर्देशकहरुले चलचित्रको निर्देशन गर्ने छन् ।

हलिउड फिल्मबाट अभिनय करिअर सुरु गर्न लागेकी अञ्जलीको जन्म पुरुषको रुपमा भएको थियो । अहिले उनी महिला बनेकी छन् । तेस्रोलिंगी समूदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने उनी नेपालको पहिलो मोडल हुन् ।

‘ल्याक्मे फेसन शो’ मा सहभागिता जनाएपछि विश्वभर नेपालको पहिलो ट्रान्सजेन्डर मोडलको रुपमा चर्चा बटुलेकी अञ्जली नेपाली चलचित्रमा समेत डेब्यू गर्ने तयारीमा थिइन् ।

लर्वोलिनो इन्टरटेन्मेन्टको सह–निर्माण तथा वि डू इज टूगेदरको निर्माणमा बन्न लागेको यो चलचित्रले महिलाको फरक–फरक जीवनको कथालाई प्रस्तुत गर्नेछ ।

Trending News