काठमाडौं, १६ माघ । बक्स अफिस कलेक्सन राम्रो गर्न सफल चलचित्र ‘आमा’ युट्युबमा सार्वजनिक भएको छ ।
चलचित्रका निर्देशक दीपेन्द्र के खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत चलचित्र युट्युवमा सार्वजनिक भएको जानकारी दिए ।
बुढासुब्बा डिजिटलको युट्यूव च्यानलमार्फत चलचित्र सार्वजनिक गरेको हो ।
गत वर्ष फागुन ९ गते प्रदर्शन गरिएको चलचित्र ‘आमा’लाई दर्शकहरुले निकै रुचाएका थिए । यसो त कोरोना संक्रणको कारणले भने चलचित्र धेरै लामो समयसम्म हलहरुमा प्रदर्शन हुन सकेको थिएन् ।
चलचित्रमा अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई देखाइएको छ। खनालको निर्देशनमा बनेको यो चलचित्रका लेखन तथा छायाँकार समेत उनै हुन् ।
चलचित्र शर्मिला पाण्डेको लगानीमा बनेको थियो । मिथिला शार्मा, सुरक्ष पन्थ, मनिष निरौला, सरिता गिरि, सूर्यमान खनाल, देवभक्त खनाल र पदम बुढाको अभिनय रहेको छ ।
भिडियो