क्यानडा बस्ने नेपाली युवाले ल्याए र्‍याप गित (भिडियो)

दियोपोस्ट संवाददाता

काठमाडौं । क्यानडाबाट नेपाली युवाहरुले हिपपप म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लामो समययता क्यानडा स्थायी बसोबास गर्दै आएका सुघब बन्जरा,कुशल बराल र निर्भन श्रेष्ठको संयुक्त प्रयासमा ’कोक एण्ड जेडी’ गित तयार गरिएको हो ।

सुघब बन्जाराको शब्द तथा लेजी ब्वाईको संगित रहेको यो गीतको म्युजिक भिडियो क्यानडाको टोरोन्टो आसपासमा छायांकन गरिएको हो । युवा पुस्तालाई लक्षित गरेर निर्माण भएको यो गितमा बिदेशी नागरिक र नेपालीको अभिनयलाई फ्युजन गराइएको छ ।

क्यानडाबाट सन्चालित युटुब च्यानल ’वानभर्स इन्टरटेन्मेन्ट’ बाट शुक्रबार सार्वजनिक गरिएको म्युजिक भिडियो कोर्डेल फेर्मिनले खिचेका हुन् भने भिडियो सम्पादन सुदिप मानन्धरले गरेका छन् ।
पछिल्लो समय हिपपप म्युजिक युवा पुस्ताको रोजाइमा पर्दै आएकाकोले यो गित पनि दर्शक श्रोताले रुचाउने निर्माण टिमले अपेक्षा राखेका छन् ।

भिडियो

सम्बन्धित खबर

सिफारिस