‘बिहे पास’ मा दयाहाङ र प्रकृतिको बाँधियो जोडी

दियो पोस्ट  

काठमाडौ, १८ माघ । समाजिक विषयवस्तुमा आधारित भएर चलचित्र ‘बिहे पास’ निर्माण हुने भएको छ ।

प्रवेश पौडेललको निर्देशन रहने चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहने छ । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सह निर्माता ग्याल्जेन लामा छन् ।

आगामी चैत्र पहिलो साताबाट सुटिङ सुरु हुने चलचित्रको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले तयार पारेका हुन् भने पटकथा आकाश बराल र सजन काफ्लेको हो ।

तराई भेगमा सम्पूर्ण छायांकन हुने चलचित्रका अन्य कलाकार तथा प्राविधिकको चयन बाँकी रहेको निर्देशक पौडेलले जानकारी दिए ।