पहिलो ‘नेपाल स्टार’ पोखराकी एलिना गुरुङ

दियो पोस्ट  

काठमाडौं १८ माघ । नेपाल टेलिभिजनबाट प्रशारण भएको गायन रियालिटी शो ‘नेपाल स्टार’की विजेता पोखराकी एलिना गुरुङ बनेकी छन् ।

शनिबार भएको फाइनलमा उनले सुरेश लामा, सन्देश बमजन लामा र लक्ष्मण लिम्बुलाई पछि पार्दै टाइटल जितिन् । यो सँगै उनले ३५ लाख नगद, १ करोडको जीवन विमा र विभिन्न गिफ्ट ह्याम्पर जितिन् ।

नेपाल टेलिभिजनको स्थापना भएको ३६ औं वार्षिकोत्सवको अवसरमा प्रत्यक्ष प्रसारण मार्फत सूचना, प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङले विजेतालाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

गीतसंगीतको क्षेत्रमा आफूले धेरै काम गर्न बाँकी रहेको बताउँदै आगामी दिनमा पनि माया गदिदिन सबैमा उनले आग्रह गरिन् । भनिन्–‘सांगीतिक क्षेत्रमा केही गर्छु भन्ने अठोट लिएर अगाडि बढेकी छु ।

जसरी अहिले सबैले माया गरेर भोट गरेर मलाई जिताउनुभयो । आगामी दिनहरुमा पनि सबैको साथ र समर्थनको खाँचो छ ।’

उनले ‘नेपाल स्टार’को यात्रामा आफूले धेरै कुराहरु सिकेको बताइन् । ‘मलाई नेपाल स्टारले धेरै कुराहरु सिकाएको छ । आफूमा धेरै परिवर्तन पाएकी छु’ उनले भनिन् ।

सम्बन्धित खबर