बालुवाटार जग्गाकाण्डमा पक्राउ पर्ने डरले ‘फरार’ भएका दिप बस्न्यात क्यानडा भाग्ने तयारीमा !

diyopost.com
दियो पोस्ट  बुधबार, पौष २१, २०७८ | १:१५:४४

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको २ सय ९९ रोपनी सरकारी जग्गा किर्ते ठगी प्रकरणमा मुछिएका पूर्व अख्तियार प्रमुख आयुक्त दिप बस्न्यात फरार भएको पाइएको छ ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएसँगै बस्न्यात देश छोडेर भागेको उच्च स्रोतले बताएको छ ।

तत्कालिन भौतिक योजना मन्त्रालयका सचिव रहेका बस्नेत जग्गा किर्ते तथा ठगी प्रकरणमा मुछिएका प्रमुख पात्र हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा समेत मुद्दा चलाएको थियो ।

ललिता निवास ठगी प्रकरणका मुख्य योजनाकार सिआइबीले रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीलाई पक्राउ गरेसँगै बस्नेत नेपालबाट ‘फरार भएका हुन् ।
उच्च स्रोतका अनुसार उनी यतिबेला भारतमा लुकेका छन् । भारत हुँदै क्यानडामा रहेको आफ्नो घरमा भाग्ने तयारीमा बस्न्यात रहेको उच्च स्रोतले बताएको छ ।
सिआइबीले ललिता निवास सरकारी जग्गा ठगी प्रकरणमा ३ सय जना भन्दा बढी विरुद्ध पक्राउ पूर्जी अनुमति पाएको छ । ४ सय जनाभन्दा बढीलाई मुद्दा चलाउने तयारी सिआयबीको छ ।
सिआइबी स्रोतका अनुसार जग्गा किनबेच धन्दामा समलग्न सबैलाई सिआइबीले पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउनेछ ।

 

सम्बन्धित खबर