भेष नारायणको ‘छद्मभेष’ : नारायणहिटीमा बतास भित्र्याए, कोमल पोखरीमा छायाँ सेन्टर ठड्याए !

diyopost.com
दियो पोस्ट  सोमबार, पौष २६, २०७८ | २२:५९:३०

काठमाडौं,२६ पौष । नेपालको राजपरिवार बस्ने ऐतिहासिक स्थल राजदरबार अर्थात नारायणहिटी संग्रालय यतिबेला चर्चामा छ । योजनाबद्ध तरिकाले संग्राहालय भित्र बतास समुहलाई भित्र्याएर रजगज गर्न दिने विवादास्पद निर्णय विरुद्ध मिडिया, वर्तमान सरकार र सरोकारवालाहरु खरो रुपमा उत्रिएका छन् ।

मासिक २ लाख रुपैयाँ प्रतिरोपनी भाडामा पुरातात्विक महत्वको नारायणहिटी क्षेत्रको जग्गा उपलब्ध गराउने निर्णय गर्ने तत्कालिन केपी ओली नेतृत्वको सरकारको यतिबेला आलोचना भइरहेको छ । तर, उक्त जग्गा प्रकरणको डिजाइनर एकजना विवादास्पद कर्मचारीबारे भने सामाजिक सञ्जाल बेखबर जस्तै छ ।

त्यस्ता पात्र हुन्–नारायणहिटी राजदरबार संग्राहलयका कार्यकारी भेषनारायण दाहाल । दाहाल जहाँ पुगेका छन् त्यहाँ पुरातात्विक महत्वको सम्पदा भष्म बनाएको उदाहरण प्रसस्त छ ।

तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराई र तत्कालिन पर्यटन सचिव यादव कोइरालालाई प्रलोभनमा पारेर दरबारभित्र रेष्टुरेन्ट खोल्ने प्रमुख खलपात्र हुन दाहाल । उनी यसअघि पुरातत्व विभागमा समेत महानिर्देशक रहेर काम गरेका थिए ।

राजदरबार भित्र बतास समुहलाई भित्र्याएर रजगज गराएको विषयमा पहिलो पटक सरकारी सञ्चार माध्यम गोरखापत्रले यो खबर बाहिर ल्याएको थियो । सुरक्षा बिटमा कलम चलाउँदै आएका पत्रकार देव बहादुर कुँवरले यो सुचना पाएपछि दाहालको प्रतिक्रिया लिनका लागि निकै कोशिस गरेका थिए । तर, दाहाल पत्रकार कुँवरबाट भागिरहे ।

 

हाल उनीमाथि छानबीन गर्न पर्यटन मन्त्रालयले छानबीन समिति बनाएको छ । समितिले प्रतिवेदन समेत सार्वजनिक गरिसकेको छ ।

यसअघि पुरातत्व विभागमा रहँदा दाहालले भूमाफियाहरुसँग रहस्यमीय साँठगाँठ गरेर पुरात्व जोगाउन होइन ध्वस्त बनाउन भूमिका खेलेको यथेष्ट प्रमाणहरु छन् । पुरातात्विक महत्वका संरचनाहरु जोगाउनुको सट्टा उनकै पालामा सबैभन्दा धेरै पुरातत्विक महत्वका क्षेत्रहरु अतिक्रमण भएका छन् ।

बहुचर्चित पुरातात्विक महत्व बोकेको ठमेलस्थित कमलपोखरीको संरक्षण गर्नुको सट्टा उनै दाहालले भुमाफियालाई बुझाएका थिए । जहाँ अहिले छायाँ सेन्टरको नाममा व्यापारिक महल बनेको छ । उजुरकर्ताहरुले छायाँ सेन्टर बन्दै गरेको भन्दै विभागमा उजुरी समेत गरेका थिए । तर, दाहालले पुरातात्विक पोखरी जोगाउने भूमिका त खेलेनन् नै उल्टटो अदालतमा समेत गञ्जागोल जवाफ दिए ।

आश्चर्य त के भने तत्कालिन एमाले नेता योगेश भट्टराईले नै छायाँ सेन्टरको उद्घाटन गरेका थिए । जबकी बाहिर कालो ब्यानर बोकेर सम्पदा अधिकारकमीहरुले गरेको आन्दोलनलाई नजरअन्दाज गर्दै भट्टराई सुटुक्क रिवन काट्न पुगेका थिए ।

उनी सम्पदा मास्ने भूमाफियाले रुचाएको व्यक्तिको रुपमा हेरिन्छ । छायाँ सेन्टरको पोखरी भूमाफियालाई बुझाएरै दाहालले अकुत सम्पत्ति आर्जन गरेको उनी निकटहरु बताउँछन् ।

कमलपोखरी सभ्यतामाथि भेषनारायाणको छद्म भेष

 

’ भन्नाले सबैभन्दा जेष्ठ अर्थात माथिल्लो । ‘बहिल’ भन्नाले विहार । हाल छायाँ सेन्टर रहेको स्थानमा कुनै समय ‘थँबहिल सभ्यतासँग जोडिएको पाखरी थियो । थँबहिल शब्द अपभ्रंश हुँदै अहिले ठमेल बनेको हो ।

 


यस विहारको निर्माणसँगै विहारको पूजा, चाडपर्व तथा संस्कारका लागि निर्माण गरिएको कमलपोखरी, विहारको ठीक पूर्र्विवतर रहेको छ, जुन तान्त्रिक विधिले बनाएको पोखरी हो ।

 

यस पोखरीको चारैतिर र बीचमा तान्त्रिक विधिले बनाएका इनारहरु थियो । उक्त पोखरीमा कमलको फूल फुलाइन्थ्यो । त्यसैले यस पोखरीलाई कमलपोखरी भनियो । काठमाडौं डिल्लीबजारमा नापी शाखामा रहेको फिल्ड बुकमा वि.सं.२०३३ कार्तिक १६ गते कित्ता नं.१६७ को पोखरी नै उल्लेख गरिएको छ । तर यो कित्ताको पोखरीमा यतिबेला पोखरी छैन १५ तले भव्य महल छ । २६ रोपनी जग्गामा फैलिएको यो पोखरीमा पाण्डेसहित ४३ जना भूमाफियाले कब्जा गरेर महल बनाएका थिए ।

 

पोखरी नै रहेको प्रमाण

 

 

जसलाई व्यापारी पृथ्वी बहादुर पाण्डेले आफ्नी आमाको नाम छायाँ देवि पाण्डेको नाममा ‘छायाँदेवि कम्प्लेक्स’ प्रा.ली बनाएर खडा गरे । तर, यो सभ्यताको संरक्षण गर्ने दायीत्व बोकेको पुरातत्व विभागका तत्कालिन महानिर्देशक दाहालले भूमाफियाकै योजना मुताविक सर्वोच्च अदालतमा जवाफ दिएका थिए ।

सम्पदा अधिकारकर्मी भागवत प्रधानले उनी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । दाहालले २०७१ कार्तिक २३ गते सर्वोच्च अदालतमा जवाफ प्रस्तुत गरेका थिए ।

जहाँ उनले ‘व्यक्तिको दर्ता भई आफ्नो स्वविवकीय अधिकार प्रयोग गरि बेचबिखन गरेको जग्गालाई सार्वजनिक हो भनी औँल्याउन सकिने अवस्था नभएको’ र विभागको क्षेत्राधिकार भित्र समेत नपर्ने भन्दै उल्टोपाल्टो जवाफ पठाएका थिए ।

 

सम्बन्धित खबर