शेर्पा दाजु भाईले फहराए दक्षिणी ध्रुवको चुचुरो माउन्ट भिन्सेनमा नेपालको झण्डा

diyopost.com
दियो पोस्ट  शुक्रबार, माघ १४, २०७८ | १४:४०:१४

काठमाडौं । नेपालका तिन शेर्पा दाजु भाईले अन्टार्टिकास्थित दक्षिणी ध्रुब (साउथ पोल)को एक सय ११ किलोमिटर लामो स्किइङ पार गर्दै विश्व किर्तिमानी कायम गरेका छन् ।
अन्टार्टिकास्थित ४ हजार ८ सय ९२ मिटर अग्लो माउन्ट भिन्सेन हिमाल अरोहण गरेर विश्व किर्तिमानी कायम गरेका हुन् । सेभेन समिट ट्रेकिङका मालिक मिङ्मा शेर्पा, टासी शेर्पा र छाङ दावा शेर्पाले दक्षिणी ध्रुवको सफलतापूर्वक अरोहण गरेका हुन् ।

गत १३ जनवरी २०२२ मा उनीहरुले सफलतापूर्वक उक्त हिमाल अरोहण गरेका हुन् । मिङमा हेलि एभरेष्टका उपाध्यक्ष समेत हुन् । टानका पूर्व बरिष्ठ उपाध्यक्ष समेत रहेका टासी सगरमाथा आरोही समेत हुन् । उनी हेलिएभरेष्टका सेल्स डाइरेक्टर समेत हुन् ।

 

 

उनीहरुले माउन्ट भिन्सेनको चुचुरोमा नेपालको राष्ट्रिय र सेभेन समिट ट्रेकको झण्डा फहराएका थिए ।

शेर्पा दाजु भाईको किर्तिमानीलाई विश्व प्रसिद्ध संचार माध्यम बिबिसी, साउथ चाइना मर्निङपोस्ट लगायतले प्रकाशन तथा प्रशारण गरेका छन् ।

 

सम्बन्धित खबर