काठमाडौं । अष्ट्रेलियन टी–२० क्रिकेट टिमका कप्तान एरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । फिन्चले गत सेप्टेम्बरमा एक दिवसीय अन्तर्राष्ट्रियबाट संन्यास घोषणा गरेका थिए । सन् २०२१ मा अष्ट्रेलियाले पहिलो पटक टी–२० विश्वकप उपाधि जित्दा फिन्चले टिमको नेतृत्व गरेका थिए । उनले अष्ट्रेलियाको प्रतिनिधित्व गर्दै पाँच टेस्ट, १ सय ४६ एक दिवसीय अन्तर्राष्ट्रिय र १ सय ३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि उनले घरेलु टी–२० प्रतियोगिताहरू भने खेल्नेछन् ।
अष्ट्रेलियाका लागि खेल्नु सौभाग्यपूर्ण रहेको फिन्चले बताएका छन् । ‘मैले २०२४ को विश्वकपसम्म खेल्न सक्दिन भन्ने महसुस गर्दै मैले यो समयलाई संन्यास लिने उपयुक्त समय ठाने । अनि, टिमलाई आगामी यात्राका लागि योजनाका योजना बनाउन मद्दत गरे,’ उनले भने ।