भूकम्पमा टर्किस गोलकिपरको मृत्यु

दियो पोस्ट  

काठमाडौं । टर्किस गोलकिपर अहमेत एयुप तुकास्लानको आफ्नै देशमा भूकम्पमा परेर मृत्यु भएको छ । अहमेतको मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ ।

सोमबार गएको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा ८ हजारले ज्यान गुमाएका छन् ।

‘हाम्रा गोलकिपर अहमेट एयुप तुकास्लान भूकम्पमा परि निधन भएको छ । हार्दिक श्रद्धान्जली,’ क्लबले आफ्नो ट्वीटरमा लेखेको छ, ‘ सुन्दर व्यक्ति तपाईलाई हामी बिर्सने छैनौं ।’
२८ वर्षीय तुकास्लानले सन् २०२१ मा टर्कीको दोस्रो डिभिजन क्लब येनी मालत्यास्पोमा आबद्ध भएपछि ६ पटक खेलेका थिए ।

सम्बन्धित खबर