गायिका मेनुकाले चार नेपाली सहरमा सांगीतिक प्रस्तुति दिने

दियो पोस्ट  

काठमाडौँ । ‘इण्डियन आइडल’पछि गायिका मेनुका पौडेल अब नेपालका प्रमुख सहरमा सांगीतिक प्रस्तुति दिनेछिन् । मेनुकाले काठमाडौं, पोखरा, चितवन र इटहरीमा एकल कन्सर्ट गर्ने तय भएको छ । तपस्या इन्टरटेनमेन्टको आयोजनामा फागुन १८ गतेदेखि चैत १६ सम्म ती चार सहरमा मेनुकाले प्रस्तुति दिनेछिन् ।

अप्रिलदेखि उनको विश्व टूर सुरु हुँदैछ । त्यसअघि मेनुकाले नेपाल टूरसहित केही रेकर्ड गर्ने तयारी छ । दुई साताअघि इण्डियन आइडलको अन्तिम १० बाट बाहिरिएकी मेनुकाले ‘सलार’बाट भारतीय फिल्ममा डेब्यु समेत गरेकी छन् ।मेनुकाको फिल्म लाइनअप समेत रेडी छ ।

सिफारिस