वीरगन्ज, १७ फागुन । सिँचाइमन्त्री उमेश यादवले नेपालको दिगो आर्थिक विकासका लागि सरकारले सिँचाइ तथा कृषिमैत्री नीति अवलम्बन गरिएको बताउनुभएको छ ।
निर्वाहमुखी कृषि प्रणालीले मुलुकको कृषि क्षेत्र आत्मनिर्भर हुन नसकेको र गरिबी निवारणसमेत हुन सकेको छैन्, क्रान्तिकारी पत्रकार सङ्घ, २ नं प्रदेशद्वारा आज यहा“ आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकको आर्थिक समृद्धिका लागि राज्यले अब सिँचाइ र कृषिमैत्री नीतिमा जोड दिएको बताउनुभयो ।
मन्त्री यादवले नदी व्यवस्थापन तथा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यलाई बढी व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाउन यससम्बन्धी छुट्टै ऐन ल्याउने गृहकार्यमा सरकार जुटेको उल्लेख गर्दै क्षेत्र नं २ मा पर्ने प्रत्येक जिल्लाको कम्तीमा एउटा गाविसलाई पूर्ण सिँचित गाविस घोषणा गर्ने कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको बताउनुभयो ।
सिँचाइ व्यवस्थापन कार्यलाई किसानमैत्रीको रुपमा विकास गरी प्रतिफलमुखी बनाउने, जल उपभोक्तालाई अधिकार सम्पन्न बनाउने तथा सिँचाइ सञ्जाललाई आम किसानको खेतबारीसम्म पु¥याई मुलुक आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने खालका रणनीति र कार्ययोजना अगाडि सारिएको उहा“को भनाइ थियो ।