काठमाडौं, २१ माघ । नेपाल टेलिकमका उच्च अहोदामा बसेका कर्मचारीले करोडौँ घोटाला गरेको विगतमा विभिन्न समयमा सार्वजनि भएकै थियो । तल्लो अहोदाका कर्मचारीले भने हवाईजहाज नै नचढी हवाई जहाजको फर्जी विल बनाएर अकुत कमाउने गरेको खुलाशा भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा नै दायर गरेको छ ।
अख्तियारले नेपाल टेलिकमका तीन इन्जिनियरले हवाई जहाज नै नचढी नक्कली विल बनाएर भूक्तानी गरेको भन्दै विशेषमा मुद्दा दायर गरेको हो ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय घोराही, दाङमा कार्यरत तत्कालीन सहायक प्राविधिक अधिकृत अनिलकुमार आचार्य, तत्कालीन प्राविधिक अधिकृत विकलकुमार श्रेष्ठ र तत्कालीन कार्यालय प्रमुख प्राविधिक अधिकृत राजबहादुर सिंहले हवाईजहाजबाट यात्रा नै नगरी यात्रा गरेको भनी झुट्टा टिकट बनाएर कार्यालयमा पेश गरेका थिए ।
अख्तियारले उनीहरुलाई भ्रष्टाचार मुद्दा लगाएपछि टेलिकम भित्रको कर्मचारीको गतिविधि सार्वजनिक भएको हो ।