पूर्व अर्थमन्त्री अधिकारीको उपचारमा मेडिसिटी अस्पतालको चरम लापरबाही, फोक्सोमा जमेको कफ समेत निकालिएन

दियो पोस्ट  

काठमाडौं, माघ २५ । एनआरएनका संस्थापन अध्यक्ष उपेन्द्र महतोले संचालन गरेको काठमाडौंको मेडिसिटी अस्पतालले विरामीको स्वास्थ्यमा गम्भिर लापरबाही गरेको खुलासा भएको छ । यसअघि जिउदै मान्छेलाई मृत घोषणा गरेको भनेर चर्चामा आएको यो अस्पतालले पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमाथि पनि गम्भिर लापरबाही गरेको छ ।

१ महिनादेखि अस्पताल भर्ना भएका पूर्व अर्थमन्त्री अधिकारी स्वास्थ्यमा कुनै सुधार नभएपछि अन्तत अर्कै अस्पताल ह्याम्समा जानुपरेको छ । स्वास्थ्य उपचारका लागि १ महिनादेखि मेडिसिटीमा रहेका पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई त्यहाँ उपचार नभएपछि अहिले ह्याम्स अस्पतालमा सारिएको छ । १ महिनाको अवधिमा अधिकारीको स्वास्थ्यमा कुनै सुधार गर्न नसकेपछि ह्याम्समा सारिएको हो ।

फोक्सोमो जमेको कफ समेत निकालिएन
अधिकारीको उपचारमा संलग्न अस्पतालका डाक्टरहरुले फोक्सोमा जमेको कफ समेत ननिकाली गम्भिर लापरबाही गरेका छन् । अधिकारीको स्वास्थ्यको बारेमा कुनै सूचना वा उपचार बुलेटिन समेत ननिकालिएको सुभचिन्तक र पारिवारीक स्रोतले जनाएको छ ।

८२ वर्षका पूर्व अर्थमन्त्री अधिकारीको उपचारबारे आवधिक रूपमा जनतालाई नै जानकारी गराउनु पर्नेमा परिवारजनलाई नै गुमराहमा राख्ने अस्पतालको जवाफदेहीपनप्रति परिवारले निक्कै असन्तुष्टी व्यक्त गरेका छन् । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी जस्ता व्यक्तिको त यो हविगत बनाइन्छ भने सर्वसाधारणले कस्तो उपचार पाईरहेका छन ? भन्दै आफन्त र सुभचिन्तक आक्रोसित भएका हुन् ।

एक महिना उपचार गर्दा समेत २० को १९ नभएपछि उनलाई ह्याम्स अस्पतालमा सारिएको हो । डा. भगवान कोइराला, डा. मनबहादुर केसी र डा. अर्जुन कार्की लगायत डाक्टरहरु अधिकारीको उपचारमा संलग्न भएका छन् ।

सम्बन्धित खबर