फेक रेस्क्यु प्रकरण : पर्यटन माफियाले सरकारी अनुसन्धान प्रभावित पार्न खोजेको टेलिग्राफको आरोप

फेक रेस्क्यु प्रकरण : पर्यटन माफियाले सरकारी अनुसन्धान प्रभावित पार्न खोजेको टेलिग्राफको आरोप

काठमाडौं, २७ माघ । नेपाल भ्रमणमा आउने विदेशी पर्यटक विरामी उद्दारका क्रममा हुने ठगीधन्दा अनुसन्धान गरिरहेको नेपाल सरकारलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले थप दबाव श्रृजना गरेका छन् ।
बेलायतबाट प्रकाशित हुने पत्रिका टेलिग्राफले पर्यटन माफिया समुहले अनुसन्धानमा प्रभावित पार्न खोजेको आरोप लगाएको भन्दै रिपोर्ट प्रकाशन गरेको छ ।

उसले उक्त समुहलाई ट्रेकिङ क्षेत्रको सिन्डिकेटधारीको रुपमा समेत अथ्र्याएको छ ।

पर्यटन माफिया समूहले सरकारी अनुसन्धानलाई प्रभावित पार्न वा रोक्नका लागि प्रयास गरेको टेलिग्राफको दाबी छ ।

केही अन्तर्राष्ट्रिय बिमाकर्ताहरुको संगठनले आउँदो शुक्रबारसम्म घोटालाबारे विस्तृत र प्रभावकारी अनुसन्धान नगरेमा बिमा मार्फत दिइने रकम बन्द गर्ने चेतावनी दिएका छन् ।

तर सरकारी अधिकारी भ्रष्टाचारीबाट निकै प्रभावित हुने देखिएको द सण्डे टेलिग्राफमा उल्लेख गरेको छ ।

सरकारले पर्यटक उद्दारमा हुने ठगीबारे अध्ययन गरी सबै व्यावसायीलाई करको दायरामा ल्याउने तयारी गरिरहेको छ । सरकारी अनुसन्धान प्रभावकारी भएसँगै पछिल्लो समय फर्जी उद्दार समेत कम हुन थालेको भएपनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले नेपालको असिमिति बद्नाम गरेको नेपाली व्यावसायीको आरोप रहेको छ ।

० Comments




Trending News