अख्तियार प्रमुख नविन घिमिरेले नै गरे अख्तियारको दुरुपयोग : छोराकै पत्रिकामा छापियो विशेषांक

दियोपोस्ट संवाददाता

काठमाडौं, १ फागुन । पदमा रहँदा आफ्नो अहोदाको दरुपयोग गर्नुलाई भ्रष्टाचार भनिन्छ । भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टचारीलाई कारबाहीका लागि हाम्रो देशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन गरिएको छ । तर, अख्तियारकै उच्च अहोदाका व्यक्तिले पदिय दुरुपयोग गरी भ्रष्टाचार गरे भने कसले कारबाही गर्ने ?


मुलुककौ सबैभन्दा शक्तिशाली संवैधानिक अंगको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले नै आफ्नो पदको दरुपयोग गरेका छन् । उनले आफ्नो पदको दुरुपयोग गर्दै आफ्ना छोरा मानस घिमिरे आवद्ध मिडियालाई फाइदा पुग्ने गरी आयोगको २८ औँ वार्षिकोत्सवको प्रकाशन ठेक्का दिएका छन् ।


विभिन्न पेसा व्यावसायमा आवद्ध रामेश्वर थापाद्वारा प्रकाशित अन्नपूर्ण पोस्ट दैनिकलाई आयोगको २८ औँ वार्षिकोत्सवको विशेषांक प्रकाशन गर्ने ठेक्का दिएको पाइएको छ ।


सोमबार अन्नपूर्ण पोस्टले ३६ पृष्ठको अख्तियार दिवस विशेषांक प्रकाशन गरेको थियो । अन्नपूर्ण पोस्टमा घिमिरेका छोरा मानस घिमिरे व्यवस्थापनमा नेतृत्व तहमा कार्यरत छन् । सामान्यतया अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसरी आफ्नो वार्षिकोत्सवका विशेषांक प्रकाशन गर्ने गरेको थिएन । सरकारी निकायहरुले आफ्नो विशेषांकमा सरकारी सञ्चार माध्यम मध्ये खासगरी गोरखा पत्रमा विशेषांक प्रकाशन गर्ने गरेका छन् । तर अख्तियार प्रमुख आयुक्त घिमिरेले आफ्ना पुत्रलाई फाइदा पुग्नेगरी अन्नपूर्ण पोस्टबाट नै विशेषांक प्रकाशन गर्न लगाएपछि बाबु छोराको स्वार्थ सार्वजनिक भएको छ ।


स्रोतका अनुसार अख्तियारले विभिन्न निकायलाई विशेषांकमा शुभकामना प्रकाशन गर्न दबाव दिएको थियो । दबावपछि सरकारको स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योग,चिलिमे जलविद्युत आयोजना, नेपाल आयल निगम, नागरिक लगानी कोष, साल्ट ट्रेडिङ करपोरेशन , प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, नेपाल गुणस्तर तथा नापतौल विभाग, रसुवागढी हाइड्रोपाव, रेल विभाग, सम्पत्ति सुद्धिकरण विभाग, काठमाडौं, उपत्यका विकास प्राधिकरण लगायत विभिन्न नगरपालिका, वडा पालिका लगायतले विज्ञापन पठाएका थिए ।


आश्चर्यको विषय त के पनि छ भने आफ्ना पुत्र कार्यरत मिडियाले अघिल्लो दिन समाचार प्रकाशन गरेको विषयमा भोलीपल्ट अख्तियारले एक्सन लिने गरेको छ । केही दिनअघि अन्नपूर्ण पोस्टले त्रिपुरेश्वर स्थित कम्पनि रजिस्टरको कार्यालयको बेथितिबारे समाचार प्रकाशन गरेको थियो । भोली पल्ट नै अख्तियारले सहायक रजिस्टार गिता पन्थि सहित उनकी पुत्रीलाई १ लाख घुस सहित पक्राउ गरेको थियो ।


‘यस्ता विभिन्न घटनामा प्रमुख आयुक्त नविन घिमिरेर उहाँका सुपुत्र मानस घिमिरेको स्वार्थ रहन्छ नै,’ अख्तियारका एक कर्मचारी भन्छन्,‘अख्तियारले कुनै विशेष मिडियालाई फाइदा पुग्ने गरी काम गरिरहँदा त्यो मिडियाले भोली अख्तियारको ब्राण्डलाई म्यानुपुलेट गरेको खण्डमा के हुन्छ ?’

सम्बन्धित खबर