
काठमाडौं, १० फागुन । ललितपुरको भैँसेपार्टीमा रहेको एनसेल नेपालको मुख्यालय गेट अगाडी बम विष्फोट भएको छ । एनसेलेको टावर अगाडी बम विष्फोट भएपनि बम कसले विष्फोट गराएको भन्ने विषयमा विववरण आइसकेको छैन ।
सरकारलाई ८५ अर्ब भन्दा बढी कर छली गरेपछि एनसेल विवादमा पर्दै आएको थियो । मलेशिया स्थित एक्जीएटाको स्वामित्वमा रहेको एनसेल नेपालमा पटक पटक विवादमा पर्दै आएको छ ।