
काठमाडौं, १० फागुन । ललितपुरको भैँसेपार्टीमा रहेको एनसेल नेपालको मुख्यालय गेट अगाडी बम विष्फोट भएको छ । घटनामा तीन जना घाईते भएका छन् । आरुसा मानन्धर, प्रतीक्षा खड्का र सिंह प्रसाद गुरुङ घाईते भएका छन् । उनीहरुको उपचार मेडिसिटी अस्पताल र बिएन्डबी अस्पताल र अल्का अस्पतालमा उपचार भइरहेको छ ।
विप्लव नेतृत्वको नेकपाले उक्त विष्फाट गराएको उच्च स्रोतको दाबी छ ।
सरकारलाई ८५ अर्ब भन्दा बढी कर छली गरेपछि एनसेल विवादमा पर्दै आएको थियो । मलेशिया स्थित एक्जीएटाको स्वामित्वमा रहेको एनसेल नेपालमा पटक पटक विवादमा पर्दै आएको छ ।
‘नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाल कम्युनिस्ट पार्टीले विष्फोटन गराएको आशंका छ,’ उच्च स्रोतले भन्यो,‘हामी अनुसन्धानकै क्रममा छौं ।’